हलबाहिर आन्दोलन चर्किएपछि रोकियो ‘कबड्डी ४’को प्रदर्शन



काठमाडौं । अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब सिनेमाले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।

एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।

अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।

फुर्वा पक्राउ परेपछि यो बिषयले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् । आज बिहान देखि नै काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गदै आन्दोलन भई रहेको छ । केही व्यक्तिहरुले फिल्मको पोष्टर समेत जलाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.