आमिरको प्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक



एजेन्सी। बलिउड अभिनेता आमीर खानको प्रतिक्षित फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक गरिएको छ। दर्शकका लागि प्रतिक्षित यो फिल्म ११ अगष्टमा रिलिज हुँदैछ। फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन्।

आईपीएल २०२२ को फाइनल खेलका क्रममा आज (मे २९) आमिर खानले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । मेगा क्रिकेटिङ इभेन्टमा भारतीय टेलिभिजनमा फिल्मको ट्रेलर सार्वजनिक भएको यो पहिलो पटक हो ।

अद्वैत चन्दनले निर्देशन गरेको यस कमेडी ड्रामा फिल्ममा आमिर खानबाहेक करीना कपूर खान, नागा चैतन्य र मोना सिंह पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा करीना आमिरकी प्रेमिकाको भूमिकामा देखिनेछिन् । ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको अमेरिकी फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो, जसमा टम ह्याङ्क्स मुख्य भूमिकामा देखिएका थिए। जसले केही राजनीतिक घटनाहरू सहित धेरै फरक समय अवधिहरू चित्रण गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.