सुरु भयो १० औं ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’



काठमाडौँ। आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२’ सुरु भएको छ । महोत्सवमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । महोत्सव ३ दिन सम्म नाचघरमा जारी रहनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सव उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडी परेको महादेशबाट बिगत १० वर्षदेखि फिल्म सँकलन गरेर नेपालमा यो महोत्सव आयोजना गर्नु आफैंमा सराहनीय कार्य हो ।’ बिदेशी चलचित्र देखाएर उठेको पैसाबाट चलचित्र विकाश बोर्ड सञ्चालन गर्नु पर्दा नेपालमा बिदेशी चलचित्रको प्रवर्धनलाई मद्धत पुगेको पनि अध्यक्ष दाहालले बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब सँयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताईन् । आफ्नै गोजीबाट पैसा हालेर महोत्सव गर्न अब गाह्रो हुन थालेको उनले टिप्पणी गरिन् ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सबमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.