चलचित्र ‘सिल्ली फो’ को गीतमा केकीको छमछमी (भिडियो)



काठमाडौँ। चलचित्र ‘सिल्ली फो’ मा समाबेश गीत सार्वजनिक गरिएको छ । ‘ए दिल तँ बोल बोल’ बोलको डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको छ। सार्वजनिक गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी धिरेन शाक्य.रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लाई फिचर्ड गरिएको छ । राज बहादुर साने निर्देशित सिनेमा आगामी असार ३१ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुँदैछ ।

चलचित्रमा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती राम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ । मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर,। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले खरिद गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.