हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगियो !



काठमाडौं । गतवर्षको निकै हिट गीत ‘रम रम मरौटी’ टीमभित्रको विवाद टुंगिएको छ । गीतका गीतकार नेत्र अर्याल, गायक खेम सेञ्चुरी, लगानीकर्ता प्रिन्सेस खरेल र मोडल ओबी रायमाझीबीचको विवाद मिलेको हो ।

गीत हिट भएसँगै गीतकार, गायक र लगानीकर्तासँग मोडलको सम्बन्ध बिग्रिएको थियो । यिनिहरुबीच बोलचाल नै बन्द भएको थियो । कुनै समय निकै घनिष्ट मानिने नेत्र र खेमसँग मोडल ओबीको बिग्रिएको सम्बन्धलाई लिएर लोकदोहोरी क्षेत्रमा पनि अनेक टिकाटिप्पणी हुने गरेका थिए । मोडल ओबीले केही समयदेखि विवाद र असमझदारीमा रहेको विषयमा आफूहरु प्रष्ट भएको बताएका छन् ।

शनिबार नेत्र र खेमसँगको तस्वीर फेसबुकमा पोष्ट गर्दै उनले जानि नजानि भएका गल्तीहरु आफूहरुले महशुस गरेको बताएका छन् । आफ्नो सांगीतिक यात्रामा डोर्याउँदै अहिलेको स्थानसम्म ल्याउने श्रेय समेत गायक खेम र गीतकार नेत्रलाई दिएका छन् ।

ओबी लेख्छन् –‘मेरो सागीतिक यात्रामा सुरुवात देखिनै डोर्याउँदै यो स्थान सम्म ल्याउनुभएका आदरणीय दाइहरु खेम सेञ्चुरी, नेत्र अर्याल साथै रम रम मरौटी गीतकी निर्माता प्रिन्सेस खरेलप्रति मेरो सधै सम्मान छ र रहिरहने छ ।’ उनले आफूहरुको असमझदारीकोबीचमा केही व्यक्तिहरुले नराम्रो भूमिका खेलेको र त्यसको सिकार स्वयंम बन्न पुगेको बताउँछन् । ओबीले गीतसँग सम्बन्धित विवाद टुंगिएको अवगत गराउँदै लेख्छन्् ‘हामीबीचको सद्भाब, भाईचारा जूगौं जूगसम्म रहीरहने छ ।’

खेम र अस्मिता अधिकारीको स्वर, ओबी रायमाझी र अभिनेत्री पूजा शर्माको अभिनय रहेको ‘रम रम मरौटी’लाई हालसम्म युट्युबमा २ करोड ८४ लाख बढी पटक हेरिसकिएको छ ।