अदिती र धिरजको प्रेम, ‘बाबरी’ टिजर रिलिज



काटमाडौं। अदिती बुढाथोकी र धिरज मगर अभिनित चलचित्र ‘बाबरी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । चलचित्रमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्र आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् ।चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।