अभिनेत्री दीयाले गरिन् सगरमाथा आरोहण



काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सगरमाथामा दीयाले राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।

चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुमेका थिए । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बनेकी छन् । यसअघि निशा अधिकारीले सगरमाथा चढेकी थिइन् । अभिनेत्री दीया अभिनित तथा खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ गत महिना प्रदर्शनमा आएको थियो। अब चलचित्र ‘मन्त्र’ बिदेशका विभिन्न स्थानमा प्रदर्शन हुने क्रममा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.