(सेलिब्रेटी नेपाल) ६ असार-कविता श्रेष्ठले धेरै मेहनत गरेर चेलीबेटी बेच बिखन जस्तो गहन बिषयमा निर्माण गरेको चलचित्र ढुवानीको रिलिज हुने भदौ २८मा चलचित्र राजनीतिले पनि प्रदर्शनको मिति तोकेको छ । चेलीवेटी बेचबिखनको कथामा बनेको ढुवानी र देशको वर्तमान राजनीतिक घटनाक्रमलाई मुख्य विषय बनाइएको राजनीतिको लक्षित दर्शक भिन्न रहेकाले चलचित्र जुधेपनि व्यापारिक घाटा नुहने सम्बन्धित पक्षको भनाई छ ।
नेपाल चलचित्र निर्माता संघ हप्ता दुइ वटा भन्दा बढी चलचित्र नचलाउने गृह कार्यमा जुटेको छ। अहिले नेपाली चलचित्रको ब्यापारमा मन्दी आए पनि निर्माण हुने क्रम घटेको छैन यस्तोमा निर्मात्रि कविता श्रेष्ठ चलचित्र जुध्ने बारे भन्छिन्- ‘सोलो रिलिजको सम्भावना न्यून छ । सम्भवतः भदौसम्म एक सातामा दुई भन्दा बढी चलचित्र रिलिज हुने छैनन् । मल्टीप्लेक्समा राजनीतिसँग हाम्रो पर्दा विभाजन हुन सक्ने सम्भावना छ ।’ उज्जवल पौडेलको बजार व्यवस्थापन रहने ढुवानीलाई काठमाण्डौ र मोफसलमा करिब ६० पर्दा उपलब्ध हुने निर्मात्री श्रेष्ठ बताउँछिन् । पिताम्वर पाण्डे निर्देशित चलचित्र ढुवानीमा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायत मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।
राजनीतिका निर्देशक बसन्त निर्रौला पनि आफ्नो चलचित्रले ६० भन्दा बढी नै हल पाउने दाबी गर्छन् । राजेश हमाल, कोमल वली, दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको मुख्य भुमिका रहेको यो चलचित्रलाई निर्देशक निरौलाले नै अल नेपाल वितरणको जिम्मा लिएका छन् । चलचित्रलाई दिपक सुवेदी र दिपक भट्टराईले निर्माण गरेका हुन् । हप्तामा दुइ मात्र चलचित्र रिलिज हुँदा पनि निर्माता लाई ठुलो राहत महसुश हुने चलचित्र कर्मी बताउदछन्।