‘प्रेमगञ्ज’को आइटम गीतमा बेनिशाको हट डान्स



काठमाडौँ। भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगञ्ज’मा समावेश ‘तरबार’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायिका बेनिशा हमालको आकर्षक नृत्य रहेको गीत सार्वजनिक गरिएको हो । राजु फुयाँलको प्रस्तुतिमा तयार भएको यो चलचित्रको ‘तरबार’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शबद, किरण भुषालको संगीत र दिक्षा थापा र सुरजशाही ठकुरीको स्वर छ ।

यो गीतको भिडियोमा संजय लामाको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । गीतको भिडियो उत्कृष्ट बनेको छ । बेनिशाले नृत्यलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, धुर्व राज घिमिरेको लगानी छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, सुरक्षा पन्त, पवन भट्टराई, संजोग रसाइली लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन जीसीको सम्पादन रहेको चलचित्रको यो गीतले दर्शकमा उत्साह बढाउने निर्माण टिमको आशा छ ।