सौगात र सलोनको घम्साघम्सी ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक गरिएको छ । असार १० गते बाट प्रदर्शनमा आउने चलचित्रको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

२ मिनेट २९ सेकेण्ड लामो ट्रेलरमा युवाहरुको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।