रिस्ता र सुनिषाको ‘पासो’को ट्रेलर सार्वजनिक



काठमाडौँ। बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो ट्रेलरको रुपमा सार्वजनिक प्रचार सामाग्री फरक छ ।

कार्तिकको २५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा रिस्ता बस्नेत, सुनिषा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।

सुर्य दयालुको संगीत रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । चलचित्रमा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।

चलचित्र ‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । चलचित्रले यूवती बलात्कार, हत्या र बदलाको कथा बोल्नेछ । चलचित्रलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.