नेपाल अफ्रिका फिल्म फेस्टिभलमा नेपाल सहित १५ देशका २६ फिल्म



काठमाडौं । १०औं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ यही जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल -२०२२’ कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको हो।

आयोजकका अनुसार यस महोत्सवमा विभिन्न देशका १ सयभन्दा बढी फिल्म प्राप्त भएका थिए। जसमध्येबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको हो । नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सवका अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छन्। महोत्सवका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्। जसमध्ये अधिका‌स अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ। अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् ।

महोत्सवका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, स‌युक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन्।

महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जसमध्ये ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ। जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन्। यसपटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ। फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो ।

जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् । बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया -अस्ष्ट्रिया- जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया-युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन्।

यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.