सौगात र सलोनको ‘घनचक्कर’ असार १० मा



काठमाडौँ। सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएको छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी रहेको छ ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।