सामाजिक सञ्जालमा चरित्रहत्या गरिएको भन्दै सञ्चारकर्मी पौडेलले दिए साइबर ब्यूरोमा उजुरी



काठमाडौं । सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले सामाजिक सञ्जालमा आफ्नो तस्बिर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् । एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको उनको गुनासो छ ।

पौडेलले आज आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्यूरोमा ठाडो उजुरी दिएका हुन् ।

उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुने गरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।

आफ्नो तस्बिर प्रयोग गरेर दुष्प्रचार गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न पौडेलले माग गरेका छन् । साइबर ब्यूरोका एसपीले घटनाबारे अनुसन्धान गर्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.