सगरमाथा चढेर फर्किएका गायक लामालाई काठमाडौंमा स्वागत



काठमाडौं । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत सर्वोच्च शिखर आरोहण गरेका थिए । ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

न्यानो स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए । हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.