पलेँटी–यात्राका लागि प्रेमध्वज अष्ट्रेलिया प्रस्थान


premdhoj-pradhan
(सेलिब्रेटी नेपाल) ५ असार-नेपालयको ‘आर’शालामा सञ्चालन हुँदै आएको पलेँटी शृंखलाले नेपाली आधुनिक संगीतका अगुवालाई मञ्चमा उतार्ने गरेको छ। यसले केही वर्षदेखि ‘पलेँटी–यात्रा’ अन्तर्गत देशका विभिन्न सहरमा पनि प्रस्तुति गरिसकेको छ। दुईवर्ष अघि ‘पलेँटी–यात्रा’ पहिलोपल्ट अम्बर गुरुङलाई लिएर चीनको राजधानी बेइजिङ पुगेको थियो।‘पलेँटी–यात्रा’ बुधबार अष्ट्रेलिया प्रस्थान गरेको छ । अष्ट्रेलियामा हुने पलेँटीमा गायक प्रेमध्वज प्रधान संलग्न हुँदै छन् । प्रेमध्वजका साथ वाद्यवादक, संयोजक र व्यवस्थापक गरी ११ जनाको टोली अष्ट्रेलिया हिँडेको छ। सिड्नीको पलेँटीलाई अष्ट्रेलियामा रहेका नेपालीबीच ‘म्याग्दी सेवा समाज’ ले आयोजना गर्दैछ ।

दुई चरणको कार्यक्रमको पहिलो चरणमा नेपाली आधुनिक संगीतको आधा शताब्दी यात्रा बिम्बात्मक रुपमा प्रस्तुत गरिने छ,पलेँटी प्रतिभा सुरज र मीनाको गायनमार्फत्।दोस्रोचरणमा प्रेमध्वजले आफ्ना प्रसिद्ध गीत प्रस्तुत गर्ने छन्। शनिबार सिड्नीस्थित वेस्ली कन्फरेन्स सेन्टरमा पलेँटी गरिनेछ। आगामी अगस्टमा आयोजना हुने ‘पलेँटी उत्सव’मा पनि प्रेमध्वजको प्रस्तुति रहने जानकारी नेपालयले गराएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.