हास्य कलाकार‘डिट्ठा साब’ वडा सदस्यमा विजयी



काठमाडौं । हास्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी भएका छन् ।

उनी काठमाडौँ तारकेश्वर नगरपालिका–२ को वडासदस्यमा विजयी भएका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा उनी नेपाली काँग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका हुन् । विजयी भएसँगै उनले मतदाताहरुलाई धन्यवाद दिँदै वडाको विकासमा लाग्ने बताए ।

भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठा साब’को भूमिकामा देखिन्थे । उनी पछिल्लो समय हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा समेत देखिँदै आएका थिए । ‘डिट्ठा साब’ले ‘चङ्गा’ नामक नेपाली चलचित्रको लेखन एवं निर्देशन गरिसकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.