उन्नाइसौं बीडी त्यागी सम्मान कार्यक्रम सम्पन्न



काठमाडौँ। बीडी त्यागी स्मृति केन्द्रले उन्नाइसौं बीडी त्यागी स्मृति दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । सो अवसरमा गोकर्णेश्वर नगर पालिकाका प्रमुख सन्तोष चालिसेलाइ नेपथ्य सम्मान २०७९, साहित्यकार सन्तोष कुमार पोखरेललाई बीडी त्यागी स्मृति सम्मान २०७९, साहित्यकार इल्या भट्टराईलाई एक सय एक रुपैयाँको सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०७९, साहित्यकार ओमकुमारी बन्जारालाई प्रतिभा सम्मान २०७९, पत्रकार तथा साहित्यकार गान्धीराज काफ्लेलाई योगदान सम्मान २०७९ र साहित्यकारहरु किशोर श्रेष्ठ र प्रवीण कटवाललाई गत वर्षको योगदान सम्मान प्रदान गरिएको थियो ।

साहित्यकार गङ्गा पौडेलले टीका,वरिष्ठ साहित्यकार विजय चालिसेले खादा, कार्यक्रमका सभापति वरिष्ठ उपन्यासकार शङ्कर भारतीले सास लगाइदिएर र सस्थाका अध्यक्ष कृष्ण आचार्यले थैली र संरक्षक गौरी आचार्यले सम्मान पत्र प्रदान गरेर सम्मानित प्रतिभाहरुलाई सम्मानित गरेका थिए । कार्यक्रममा कवि ओमप्रसाद कोइरालाको आफ्नै डम्फु कविता सङ्ग्रहको सम्मानित प्रतिभाहरु, सभापति ,संरक्षक,वरिष्ठ साहित्यकारहरु विजय चालिसे,वेदमणि घिमिरे, कृतिकार ओमप्रसाद कोइरालाले संयुक्त रुपमा विमोचन गरे । विमोचित कृतिमा साहित्यकार प्रयागराज वाशिष्ठले समिक्षात्मक टिप्पणी गरेका थिए भने कृतिकारले सो सङ्ग्रहबाट एउटा कविता वाचन गरेका थिए ।सो कार्यक्रममा सभापति भारती,सस्थाका अध्यक्ष आचार्य,सम्मानित प्रतिभाहरु चालिसे,पोखरेल ,भट्टराई ,बन्जारा, काफ्ले लगायतले मन्तव्य दिदै बीडी त्यागीको साहित्यिक योगदान बारेमा प्रकाश पारेका थिए ।

विमल कोइरालाले सञ्चालन गरेको कार्यक्रममा अन्य अथितिहरुमा साहित्यकारहरु महेन्द्र चालिसे,मन्जुश्री प्रधान,डा मधुसुदन घिमिरे,डा गीता खरेल,हेम पौडेल ,दुर्गा अधिकारी भमरकोटे,ढुण्डीराज पोखरेल,भुवन शिवाकोटी चौघरे,राजबाबु श्रेष्ठ सागर,विक्रम श्रेष्ठ सागर,विष्णु ओली,शेषमणि भट्टराई उपस्थित थिए । बैशाख १९ गते कार्यक्रम तय भएपनि विशेष कारणबश कार्यक्रम एक हप्ता पछाडि सरेको थियो । हरेक वर्ष केन्द्रले बीडी त्यागी स्मृति दिवसमा सम्मान पुरस्कार गर्दै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.