बलिउड गायिका आस्थाले नचाइन् काठमाडौँमा दर्शक



काठमाडौँ। राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् । शनिबार मध्यान्ह ६ बजे त्रिभुवन विमानस्थल अवतरण गरेकी गायिका गिल कन्सर्टमा भने मध्यराति १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीत संगीतबाट दर्शक नचाइन् ।

‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । उनका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिँदै नाचेका थिए । ‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’ उनको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत बर्साएका थिए । गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाएकी थिइन् । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाचा समेत गरेकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताइन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरञ्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजक संस्थाका सानु खानले जानकारी दिए ।

दर्शकले भरिभराउ भएको क्लब प्लाटिनममा गिलको आगमन पहिले दर्शक नचाउने काम त्यहाँका डिजेले गरेका थिए । उनले नेपाली लोक, पप लगायत बिभिन्न गीतबाट गरेका थिए । फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.