केकीको ‘सिल्ली फो’ को सकियो डविङ



काठमाडौँ। आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’को डविङ सकिएको छ । बैशाख पहिलो हप्ताबाट चलचित्रको डविङ कार्य सुरु भएको थियो । अब सम्पादन, ब्याकग्राउन्ड स्कोर, कलर लगायतको कार्य बाँकी रहेको निर्देशक राजबहादुर सानेले जानकारी दिए ।

चलचित्रको केही दिनअघि एक पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको घोषणा गरिएको थियो । चलचित्रमा केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सह-निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मस्ले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.