‘षट्कोण’ आजबाट देशैभर प्रदर्शनमा



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘षट्कोण’ रिलिज भएको छ छ । मिलन डि काप्रिले निर्देशन गरेको चलचित्र ‘षट्कोण’ क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो । देशभर एक साथ प्रदर्शनमा आएको चलचित्रले मल्टिप्लेक्समा औसत शो पाएको छ।

सिनेमामा कार्म र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । चलचित्रको वितरण आरआर फिल्म्स ( रोहित कट्टेल र रत्न श्रेष्ठ) ले जिम्मा लिएको छ ।

आजैबाट शिवहरी पौडेलको निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’ पनि प्रदर्शनमा आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.