‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिए



काठमाडौँ। ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेनहाइटमा आयोजना हुँदैछ । जसमा १८ वर्षदेखि २९ वर्षसम्म युवती र १९ देखि ३४ वर्षसम्मका युवाले भाग लिन सक्नेछन् । प्रतियोगिताका लागि ई–सेवामार्फत समेत आवेदन दिन सकिनेछ ।

‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्याण्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना थालेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि पुरुषहरूको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगिता मध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताभन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने प्रतियोगिता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।

प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगी पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी बिभिन्न प्रशिक्षणसहित फाइन स्पर्धामा उत्रिनेछन् । ४ एपिसोडको रुपमा इमेज टेलिभिजनबाट समेत प्रसारण हुने प्रतियोगिताको अन्तिम स्पर्धा मे २९ अर्थात जेष्ठ १५ गते गोदावरी कन्भेन्सन सेन्टरमा भव्य समारोहका बीच आयोजना हुनेछ । प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउनेछन् ।

सनुर्भी फाइनरी प्रायोजक रहेको ‘मिस्टर एन्ड मिस सुप्रन्यासन’ ७ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रशान्त ताम्रकार, मिष्टर नेपाल डा.सन्तोष उपाध्याय, ‘मिस्टर नेपाल २०१७ ’का विजेता तथा मिस वर्ल्डका टप १२ पुग्न सफल अक्षय जङ रायमाझी, गायिका सोना अमात्य पहिलो अडिसनको निर्णायकमा रहेका थिए ।