चलचित्रघर तथा चलचित्रको वर्गीकरणका मापदण्डहरु


atm guna

(सेलिब्रेटी नेपाल) ४ असार- बहुचर्चित  चलचित्र तथा हल वर्गीकरण र बक्स अफिस आउँदो साउन १ गतेबाट लागु हुने भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताको टोलीबिच भएको बैठकले यो निर्णय गरेको हो ।बैठकमा निर्माता संघका तर्फबाट अध्यक्ष राई सहित महासचिव केशव भट्टराई, प्रवत्ता सुरेश दर्पण पोखरेल लगायत सदस्यहरु सहभागी थिए भने वोर्डको तर्फबाट अध्यक्ष मोरवैता र अन्य कर्मचारी सहभागी थिए ।

चलचित्रको वर्गीकरणका मापदण्डहरु :-
१. क प्लस चलचित्र : क.३५ एमएम सेल्युलाइडमा छायाँकन गरिएको चलचित्र । ख. सुपर १६ एमएममा छायाँकन गरी 4K इमेज साइज वा सो भन्दा माथि डिआइ गरी ३५ एमएमको प्रिन्ट बनाइएको चलचित्र । ग. 4K वा सो भन्दा माथिका क्यामेराले छायाँकन गरी ३५ एमएमको प्रिन्ट बनाइएको चलचित्र ।
२. क चलचित्र : क. 2K वा सो भन्दा माथिका Raw Footage खिच्ने क्यामेरा प्रयोग गरिएका चलचित्र । ख. सुपर १६ एमएमको क्यामेराले छायाँकन गरिएको चलचित्र ।
३. भिडियो चलचित्र : HDV/ DV Camera प्रयोग गरी छायाँकन गरिएका र Raw Footage नखिच्ने क्यामेरा प्रयाग गरिएका चलचित्र ।
नोट : माथि जुनसुकै कुरा उल्लेख भएपनि HD रिजोलुशन भन्दा माथिका जुनसुकै क्यामेराको प्रयोग गरीएका चलचित्रहरुमध्ये वोर्डबाट गठित विषय विज्ञहरुको कार्यदलबाट विषय र प्रस्तुतीमा उत्कुष्ट ठहरिएको चलचित्रलाई क प्लसको मान्यता दिइनेछ ।

चलचित्र घरहरुको वर्गीकरण :
१. क प्लस वर्ग : टुके वा सो भन्दा माथिका प्रोजेक्टर जडान भएको हुनुपर्ने, सिल्भर स्क्रिन पर्दा हुनुपर्ने, डिजिटल डल्बी, डिटिएस सराउन्ड साउन्ड, इयर कन्डिसन, मेटल डिटेक्टर सहितको सुरक्षा गार्ड आदी हुनुपर्ने । चमेना गृह, आरामदायी कुर्सीहरु सहितको प्रतिक्षालय स्थलको व्यवस्था हुनुपर्ने ।
२. क वर्ग : क प्लस भन्दा कम सुविधायुक्त ।
३. ख वर्ग : ४ हजार ५ सय Lumens क वा सो भन्दा माथिका डिएसएल प्रोजेक्टर जडान भएका क वर्ग भन्दा कम सुविधायुक्त ।
(क प्लस, क र ख वर्गका चलचित्र घरहरुका लागी महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका चलचित्र घरहरुको हकमा देहाय वमोजिम छुट्टाछुट्टै व्वस्थाहरु लागु हुनेछ ।)
४. भिडियो चलचित्र घर :
५. मल्टीप्लेक्स हल
६. मेघा प्लेक्स हल
७. घुम्ती चलचित्र स्थल
८. वैकल्पिक, समानान्तर चलचित्र प्रदर्शन स्थल

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.