भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश



काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रमकाबीच केसी र खड्का कांग्रेसमा प्रवेश गरेका हुन् । यस्तै, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष अभिनेता रविन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र रविन्द्र कांग्रेस प्रवेश गरेको जनाईएको छ । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, वरिष्ठ कलाकार नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । विजयेन्द्र श्वेताका श्रीमान हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.