वोर्ड सदस्य कटुवालको नेतृत्वमा हेटौडाबाट सिनेमा हल अनुगमन सुरु



काठमाडौँ। चलचित्र विकास वोर्डले काठमाडौंबाट चलचित्र भवनहरुको अनुगमन सुरु गरे संगै मोफसलमा पनि अनुगमन सुरुवात गरेको छ । वोर्डका सदस्य राज कटुवाल, बक्स अफिसका प्राविधिक सुनिल नेपालीको टोलीले शनिबार हेटौडामा रहेका दुईवटा सिनेमाघरहरुको अवलोकन तथा अनुगमन गरेकाछन् ।

अनुगमनका क्रममा सिनेमाहलको सिटको अवस्था,बक्स अफिसमा गएका रिपोर्ट र सिनेमाहलको चलचित्रको आम्दानी रिपोर्ट लगाएतका विषयमा अनुगमन गरीएको विकाश बोर्ड सदस्य कटुवालले बताए । उनका अनुसार कतिपय सिनेमा घरमा कोरोनाका कारण नविकरणमा समस्या देखिएकाछन् भने कतिपयले गलत रिपोर्ट पठाएर कर छलिगरेको अवस्था भेटिएको बताईएको छ ।

हेटौडाका सिनेमाघरहरुमा खासै समस्या नदेखिएपनि बक्स अफिस रिपोर्टमा भने सिनेमा घर र चलचित्र वितरकले उपलब्ध गराएको आम्दानी रिपोर्टमा फरक पर्ने गरेको पाईएको छ । सिनेमा हलले हिन्दी सिनेमालाई बढी शोहरु दिएर नेपाली सिनेमालाई कम शो दिएको पाईएकाले आगामीदिनहरुमा नेपाली सिनेमालाई बढी मात्रमा शोहरु दिन सदस्य कटुवालले हल संचालकहरुमा आग्रह गरेकाछन ।

हेटौडामा रहेका एनएस सिनेमा र ओम सिनेमाघरको अनुगमन पछि हल संचालकहरुले आफुहरुले गरेका कमजोरीहरुलाई सच्चाएर अगाडी बढने प्रतिवद्धता गरेका थिए । अनुगमनमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार निर्माता शुसान्त कुमार श्रेष्ठ लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।