शिवदेखि रचनासम्मको स्वर समावेश गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक



काठमाडौं । गीतिसंग्रह निकाल्नु अत्यान्तै दुर्लभ भएको अवस्थामा आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन् ।

राजधानीस्थित इमेज एफएममा एक कार्यक्रमकाबीच गीतकार ्र पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन् । गीतिसंग्रहमा चर्चित गायक–गायिकाले स्वर दिएका छन् । मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङको संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’ बोलका गीतहरु गीतिसंग्रहमा समावेश छन् ।

त्यस्तै, शिव परियारको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्यो’, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘आँधिबेहरीले उडायो’ गीत गीतिसंग्रहमा समावेश गरिएको छ भने सुरेश लामाको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘केश को¥या’बोलको गीत पनि गीतिसंग्रहमा समावेश छ । ६ गीतमध्ये मिलन नेवारले स्वर दिएको ‘मनपर्ने मायालाई’को भिडियो समेत तयार भएको छ । युवराज वाइबाको निर्देशन, सञ्चारकर्मी नरेश भट्टराई र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो केही दिनमा सार्वजनिक गरिने जनाईएको छ ।

राजेश श्रेष्ठ रेकर्डिष्ट रहेको गीतिसंग्रहमा किशोर थापाको मिक्सिङ एवं माष्टरिङ रहेको छ । गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रा.लि.ले बजारमा ल्याएको हो । गीतिसंग्रहमा समेटिएका गीतमा शब्द, संगीत तथा स्वर सबैपक्ष राम्रो रहेकाले स्रोताको मन जित्ने विश्वास गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.