मिलनको ‘वर एण्ड वधु’ मा भित्रिइन् साम्राज्ञी



काठमाडौँ। निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित सम्झौता भएको हो । यो सँगै चलचित्रमा नायिका आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने पक्का भएको छ ।

कमेडी र रोमान्सको मिश्रणमा तयार हुन लागेको यो चलचित्रलाई स्थानीय निकायको निर्वाचनपछि मात्र छायांकनमा लैजाने तयारी गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञीको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

निर्देशक चाम्सले ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । साम्राज्ञीले भने ‘तिम्रो मेरो साथ, ह्यारी कि प्यारी’को छायांकन सकाएकी छिन् भने ‘लण्डन टू पेरिस’को छायांकन सुरु गर्ने तयारीमा छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.