कमरेड रेखा अब काली


rekha-thapa cbn(सेलिब्रेटी नेपाल) ३ असार-केही समयअघि एमाओवादीमा टिका लगायर प्रवेश गरेकी नायीका रेखा थापा नेतृ बनेपछीको पहिलो चलचित्र बन्दैछ, काली ।आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा उनी कालीको भूमिकामा देखिने भएकी छिन् ।रेखा फिल्मसको ब्यानरमा रेखा थापा आफैले आफ्नै लगानीमा निर्माण गर्न लागेको चलचित्र ‘काली’को हाल बिरगंजमा सुटिंग भई रहेको छ।  ।

 कालीलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् । किशोर खतिवडा, कमलकृष्ण, किरण थापा, सिरु बिष्ट सहितका कलाकारहरूको अभिनय रहेको यो चलचित्रमा महेश खड्काले संगीत दिएका छन् ।
 निर्माता छवीसँग केही समयअघि पारपाचुके गरेकी नायीका रेखा थापाले छवीसँग छुट्टिएपछी पहिलो पटक आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्न लागेकी हुन् । यस अघि रेखा फिल्मस् र छवी फिल्मसको ब्यानरबाट चलचित्र निर्माण हुने गर्थे ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.