‘कबड्डी ४’को ट्रेलर रिलिज [ट्रेलरसहित]



काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र जेठ १३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
बुधबार सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरलाई बढी केन्द्रित गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथा पस्किँदै आएको ‘कबड्डी ’ले यसपटक पनि सोही कथालाई निरन्तरता दिएको छ । मिरुनालाई पाउन दयाहाङ र सौगात मल्लले गर्ने संघर्ष नै चलचित्रको कथा रहेको सार्वजनिक ट्रेलरले संकेत गर्छ । दयाहाङ र मिरुनाको प्रेममा सौगातको प्रवेश भएपछि हुने द्धन्द्धलाई चलचित्रमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझन् सकिन्छ । ‘कबड्डी ४’मा पनि दयाहाङ अर्थात काजीको बिहे होला भन्ने कौतुहलता ट्रेलरले छाडेको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ, सौगात, मिरुनाका साथमा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, स्वर्गीय जयनन्द लामा, पुश्कर गुरुङ, कविता आले, शारदा अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, लालशोभा गुरुङ, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त कथा रहेको चलचित्रमा मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ ।

‘कबड्डी’का अघिल्ला तीनवटै सिरिज ब्लकबस्टर भएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.