उपचारपछि सार्वजनिक रुपमा देखा परेकी मनिषाले भनिन “अब ठिक छु”


manisha koirala cbn

(सेलिब्रेटी नेपाल) २ असार-क्यान्सर रोगको उपचार गराउन अमेरिका आएकी अभिनेत्री मनिषा कोइराला उपचारपछि पहिलोपटक सार्वजनिक रुपमा देखा परेकी छिन्। अमेरिकामा रहेका केही नेपाली अगुवा महिलाहरुको पहलमा भएको एक कार्यक्रममा मनिषा सार्वजनिक रुपमा देखा परेकी हुन्। न्यूयोर्कस्थित एक पार्कमा आफ्ना बुवाआमासहित उपस्थित भएकी मनिषाले आफु अब पूर्ण रुपमा निको भएको बताएकी छिन्। आफ्ना आम शुभेच्छुक र शुभचिन्तकहरुको शुभकामना र प्रार्थनाले नै आफू पूर्ण रुपमा निको हुन सकेको भन्दै उनले सबैलाई धन्यवाद समेत व्यक्त गरिन्।

मनिषासँग नेपाली चलचित्रकी पुरानी नायिका गौरी मल्ल पनि सँगै देखिएकी थिइन। मल्ल पनि यसअघी लामो समय विरामी परेकी थिइन।अस्पताल नजिकै एक अपार्टमेन्टमा आफ्ना बुवा प्रकाश कोइराला र आमासहित बस्दै आएकी मनिषा गत साता अभिभावकसहित भर्जिनियास्थित कोइराला परिवारका एक सदस्यकोमा केही दिन बसेर न्यूयोर्क फर्केकी थिइन्। अबको साता मनिषा परिवारसहित नेपाल फर्कने छिन् ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.