‘षट्कोण’को ‘रहस्य’ बोलको गीत रिलिज



काठमाडौं । यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रमोशनल गीत सार्वजनिक गरिएको छ ।

यूनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार–चढावलाई प्रस्तुत गरिएको छ । साइकोलोजिकल थ्रिलर कथामा निर्माण भएको चलचित्रमा अभिनेता कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन् । चलचित्रलाई मिलन डि. काप्रीले निर्देशन गरेका हुन् । मिलनको डेब्यू निर्देशकीय ‘षट्कोण’ आगामी बैशाख २३ गतेबाट नेपालभरका चलचित्र हलमा रिलिज हुनेछ ।

कोरोना महामारी अगाडी नै निर्माण भएको चलचित्रको सम्पूर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकोमा अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ । सिनेमामा कार्म र भोलाराज सापकोटा शीर्ष भूमिकामा छन् । उनीहरुका अलावा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीकोे सम्पादन छ ।

चलचित्रलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।