बालेन शाहको प्रतिबद्धता पत्र : होम डेलिभरी सरकारदेखि भष्ट्राचार विरोधी ब्यूरोसम्मको योजना


काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ¥यापर बालेन शाहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

आइतबार उम्मेदवारी मनोनयनअघि शाहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । २८ बुँदे प्रतिबद्धतापत्रमा होम डेलिभरी सरकारदेखि भष्ट्राचार विरोधी ब्यूरोसम्मको योजना अगाडि सारेका छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र यातायात व्यवस्थापन, पानी व्यवस्थापन, पर्यटन, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा उनले महत्वाकांक्षी योजना अगाडि सारेका छन् ।