सौगात, बुद्धि र दीया स्टारर फिल्म ‘मन्त्र’ सेन्सर पास



काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ ।

यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।

परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।

‘मन्त्र’ मौलिक नेपाली चलचित्र बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
चलचित्रको ट्रेलर :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.