स्टेजपछि स्टुडियोतिर ब्यस्त रचना



काठमाडौं । कोरोना महामारीका कारण लामो समय मेला महोत्सवहरु हुन् सकेनन् । कोरोना महामारी मत्थर भएपछि भने मेला महोत्सवको लहर चल्यो । बैशाखसम्म नै मेला महोत्सवहरु आयोजना गरिए । अहिलेपनि कतिपय स्थानमा मेला महोत्सवहरु भैरहेका छन् । र, त्यस्ता मेला–महोत्सवमा सर्वाधिक ब्यस्त हुनेमध्येमा रहिन् पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल । उनले फागुन, चैतमा ४० भन्दा बढी स्थानमा पुगेर सांगीतिक प्रस्तुती दिइन् ।
गत सोमबारसम्म पनि उनी महोत्सवमै व्यस्त थिइन् । मंगलबारदेखि भने उनी स्टुडियोकेन्द्रित भएकी छिन् ।

‘महोत्सवबाट आजदेखि बल्ल अलि फुर्सद पाएँ’ रचनाले भनिन्, ‘अब भने रेकर्डिङ्गतिर अलि ब्यस्त हुनु‘छ ।’ आउँदा दिनमा पनि केही मेला महोत्सवहरु भएपनि पहिलेजस्तो नियमित नभएको उनले बताईन् । महोत्सवबाट फुर्सद पाएसँगै उनले मंगलबार र बुधबार गीत रेकर्ड गराईन् । अब नियमितजसो रेकर्डिङमा समय दिने उनले बताईन् ।

‘अगाडिदेखि नै धेरैजनाले रेकर्डिङका लागि कुरिरहनुभएको थियो । कतिजनालाई त म इजरायलबाट फर्किएको पनि थाहा रैन‘छ’ केही दिनअघि मात्रै कार्यक्रमकै शिलशिलामा इजरायल समेत पुगेर फर्किएकी उनले भनिन्, ‘त्यसैले अहिले गाउँनुपर्ने गीतहरु २० भन्दा बढी छन् । धेरैदिन मेलामा हिँडेको भएर अहिले धेरै गाउन पनि समस्या भएको छ । त्यसैले दिनमा २ वटा गीत गाईरहेकी छु ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.