केकी अभिनित ‘सिल्ली फो’को फस्टलुक सार्वजनिक, फिल्म असार ३१ मा आउने



काठमाडौं । नेपाली चलचित्र ‘सिल्ली फो’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको फस्टलुकको रुपमा पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरेको छ । असार ३१ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरिएको निर्देशक राजबहादुर सानेले जानकारी दिए ।

कमेडी जनरामा निर्माण भएको चलचित्रमा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् । सार्वजनिक फस्टलुक पोष्टरमा पनि केकीलाई प्राथमिकता दिईएको छ । त्यस्तै केकीका साथमा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल(मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्मा लगायतको चलचित्रमा अभिनय रहेको छ । ह्याप्पी फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता मनोज डिके हुन् भने सह–निर्माता विशाल श्रेष्ठ हुन् ।

दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत रहेको चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गर्नेछन् । चलचित्रमा अनन्त घिमिरेको कलर, मदन बास्तोलाले भीएफएक्स एवं साहिल खानको ट्रेलर रहनेछ । चलचित्रको वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.