बद्री, कुलेन्द्र, रामजीसहित दर्जन कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक



काठमाडौं । एक दर्जन कलाकारहरुको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ । पाँच वर्षअघिको चुनावमा सार्वजनिक ‘सैं पनि एमाले मै पनि एमाले’ गीत गाएका बद्री पंगेनीले यसपटक एक दर्जन कलाकारहरुको सहकार्यमा ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत गाएका छन् । यो गीतमा बद्री पंगेनीका अलावा लोकदोहोरीका चर्चित गायक–गायिकाहरुले स्वर दिएका छन् ।

गीतमा बद्री पंगेनी, कुलेन्द्र विश्वकर्मा, रामजी खाँणसहित पूर्णकला बिसी, राजु गुरुङ, गंगा पुन, सुनिता बुढा क्षेत्री, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, सुजन लम्साल, डोलराज बाह्रघरे मगर र प्रसाद लामिछानेले स्वर दिएका छन् । सुजन लम्सालको शब्द एवं संगीतमा आएको गीतको भिडियोमा रीना थापा मगर, निर आले मगर, निर्मल क्षेत्री, अनु पराजुली, पवित्रा काफ्ले, प्रसाद लामिछाने, सुजन लम्साल, डोलराज बाह्रघरे, राजु खड्का लगायत देखिएका छन् ।

करन चैसिरको छायाँकन रहेको भिडियोलाई राजकुमार मगरले निर्देशनसँगै सम्पादन गरेका हुन् । यो गीत पनि ‘गीत सैं पनि एमाले’ जत्तिकै लोकप्रिय हुने विश्वास कलाकारहरुको छ । सोमबार साँझ सार्वजनिक भएको गीतले भ्युज पनि राम्रो पाउँदै गएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.