‘ए मेरो हजुर ४’ले कति कमायो ?



काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो ।

प्रदर्शनको पहिलो दिन ८८ लाखको व्यापार गरेको चलचित्रले तिन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘केजीएफ ः च्याप्टर २’सँग एउटै मितिमा प्रदर्शनमा आएपनि ‘ए मेरो हजुर ४’ले उत्साहजनक व्यापार गरिरहेको वितरक शाहीले बताए ।

चौथो दिनसम्म चलचित्रको व्यापार तीन करोड पार हुने अनुमान निर्माणपक्षको छ । झरना थापा निर्देशित चलचित्रमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको समेत मुख्य भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.