भेडीखर्के साइँलालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड


bhedikharke-samman(सेलिब्रेटी नेपाल) ३१ जेठ-बरिष्ठ लोक गायक तथा ठाडो भाकाका संकलक भेडीखर्के साइँला दीर्घराज अधिकारीलाई दोस्रो राष्ट्रिय हाइलाइट्स लोक दोहोरी अवार्डमा लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। ठाडो भाका संकलनमा उल्लेख्य योगदान पु-याएको भेडीखर्केलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम प्रदान गरिएको हो। त्यस्तै कार्यक्रममा स्वर्गीय झलकमान गन्दर्भलाई मरोपरान्त सम्मान गरिएको थियो ।

शुक्रबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न लोक दोहोरीका १९ विधामा अवार्ड प्रदान गरिएको थियो। लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौं समन्वय समितिले आयोजना गरेको दोस्रो हाइलाइटस् नेपाल लोकदोहोरी अवार्डमा गायिका देवी घर्ती र गायक कुलेन्द्र वि.क.ले उत्कृष्ट गायक गायिकाको अवार्ड जित्न सफल भए भने माइतीघर उत्कृष्ट लोकगीत बन्न सफल भयो । माइतीघर लोकगीतबाट नीता पुनमगरले अवार्ड चुम्न सफल भइन्। लोकदोहोरीमा उत्कृष्ट निर्देशकका रुपमा भने शंकर बीसी बन्न सफल भए भने लोकदोहारी नायक विजय थापा, नायिका पार्वती राईले अवार्ड चुम्न सफल भए। त्यस्तै लोकदोहारी भाका किरणबाबु पुन, शब्दमा घनश्याम तिवारीले अवार्ड चुम्न सफल भए ।

उत्कृष्ट एल्बममा ‘मुटु जलाई जलाई’ ले उत्कृष्ट लोकदोहोरी एल्बम हात पार्न सफल भयो भने लोकदोहोरी साँझ गायकमा राजकुमार रायमाझी र गायिकामा गीता रेउलेले अवार्ड हात पार्न सफल भए। लोकदोहोरी नव गायक शक्ति चन्द र गायिकामा जुना श्रीषले अवार्ड चुम्न सफल भए। पब्लिक च्वाइस अवार्ड शान्ति सुनारले हातपारिन् भने जुरी अवार्ड गायक कृष्ण रेउलेले चुमे। रेकर्डिष्ट कुमार राना, संगीत संयोजक विनोद बाजुराली, बाद्यवादकमा पोषण घर्तीमगर, प्रतियोगी गायक भिमसेन खतिवडा, प्रतियोगी गायिका सीता परियार, छायाँकार राजेश घिमिरेले अवार्ड हात पारे। विभिन्न २० विधामा प्रदान गरिएको उक्त अवार्डमा अभिनेता राजेश हमाल, निर्देशक तथा नायक आकाश अधिकारी, नायिका रेजिना उप्रेती, गायक पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, अमरविरही गुरुङ, नारायण रायमाझी, राजु परियार, इन्द्र जिसी, बद्री पंगेनीलगायतका वरिष्ठदेखि कनिष्ठ गायकगायिकाको उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.