प्रकाश र उषाको अभिनयमा ‘तिम्रो मनैमा’



काठमाडौं । गायक प्रकाश दूतराज र मोडल उषा सुवेदीको अभिनय रहेको ‘तिम्रो मनैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिश्री परियारको स्वर रहेको यो गीतका शब्द बसन्त विश्वकर्माले कोरेका हुन् । गीतमा प्रकाश दूतराजको संगीत तथा एचबिएन किस्मतको एरेन्ज छ ।

दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको कोरियोग्राफीमा बनेको भिडियोमा विद्यार्थी जीवनको मायाप्रेमलाई देखाईएको छ । भिडियोमा प्रकाश र उषा विद्यार्थीको रुपमै प्रस्तुत छन् । भिडियोमा अभिनय गरेका प्रकाश सिर्जना र गायनका कारण स्रोता एवं दर्शकको मनमा बसेका कलाकार हुन् । उनले यसवर्ष सार्वजनिक गरेका दुई गीत ‘घर कता हो बैनीको’ र ‘जाम भो माईली’ करोड क्लबमा प्रवेश गरिसकेका छन् । भने, उषा एकपछि अर्को भिडियोमा अभिनय गरिरकेकी मोडल हुन् ।

दुर्गा पौडेलकै छायाँकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।