दाङमा ऐतिहासि कथारुमादल ‘मन्ड्रा’ प्रशिक्षण सम्पन्न



काठमाडौं। लुम्बिनीप्रदेश स्तरीय मौलिक नेपालीलोकबाजाथारु मदल ‘मन्ड्रा’दाङ घोराहीउपमहानगरपालिकागुलरीयामा संचालनभएको प्रशिक्षण कार्यक्रमबैशाख १ गतेऔपचारिक रुपमा समापनभएको छ । नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनातथाथारु कल्याणकारी सभादाङको स्थानीयब्यवस्थापनमा संचालितउक्तकार्यक्रम चैत २२बाट सुरुभएको थियोे । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २८जनाथारु समुदायकामहिलातथापुरुष सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक बरिष्ठ तालबादक खड्ग बुडा मगरले सैद्धान्तिक तथाब्यावहारिक ज्ञानको तालिम ।

समापन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजकअशोक कुमार राईको सभापतित्वतथा राष्ट्रिय नाचघर काठमाडौंका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आथित्यतामा भएको थियो । समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिममासिकेका त्रसान,सखियापैया,ठरपैया,मघौटाका विभिन्नतालहरु स्वरलिपी हेरेर मादलबादन गरेका थिए। प्रमुख अतिथी प्रेमनाथअधिकारी, थारु कल्याणकारीणि सभादाङका अध्यक्ष भुवन चौधरी, प्राज्ञ डा. गोबिन्दआचार्य,प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सबिन प्रियासन, दाङ उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल आचार्य लगायत स्थानीय समाजसेवीहरुले समापनकार्यक्रमलाई सम्बोधनगर्नु भएको थियोे ।ऐतिहासिकथारु मौलिकबाजामादल ‘मन्ड्रा’ प्रशिक्षण पहिलोपटक स्वरलिपीतयार गरि १० दिनसम्म प्रशिक्षण गरिएको थियोे ।

दाङ घोराहि स्थित काबिला रिसोर्टमाआयोजित समापनकार्यक्रम थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर २ का अध्यक्षअनिलचौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमलाई प्रशिक्षार्थी तथा कार्यक्रमका संयोजक कुलबिर चौधरीले सञ्चालनगर्नु भएको थियोे भने प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रेमनाथअधिकारीद्वारा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.