बेलायतमा बनेको ‘कैदीको पत्र’को फस्टलुक सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’को फस्र्ट लुक सार्वजनिक गरिएको छ ।
नयाँ बर्ष ०७९ को अबसर पारेर बिहीबार फस्र्ट लुक स्वरुप चलचित्रको तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो । सनमकुमार बैैराग निर्देशित चलचित्रको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने छ ।

साहित्यकार स्व. ईश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा आधारित चलचित्रको पटकथा र संवाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको चलचित्र स्कटल्याण्डको क्रिफ, आवर फेल्दी, केनमोर, ओवन,किलिड्ग, ग्लास्को लगायतका स्थानमा खिचिएको हो । चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स,लरेन्स वेस्टवरी, फस्तासका साथमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् ।

बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा अभिनित चलचित्र कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ३५ प्रतिशत अंग्रेजी भाषामा रहेको चलचित्र माया, प्रेम, पारिवारिक सम्बन्ध जस्ता संवेदनशील बिषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् । रामेश्वर कार्कीले खिचेको चलचित्रको निर्मातामा हिराल जोशी, नानी हेरा, कैलाश विश्वकर्मा र दील घले छन् ।

निर्देशक बैरागकै गीत, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको चलचित्र भिजन संसारको प्रस्तुतिमा वीरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट यूके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.