नयाँ वर्षमा युवराज र टीकाको ‘प्लिज नभन है हुन्न’, भिडियोमा पल र शुभेक्षा



काठमाडौं । गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् । टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो गीतका गायक एवं निर्देशक युवराज मगरको आफ्नै ‘युवराज मगर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.