‘पाल्पाको चुकाउनी’बोलको गीत सार्वजनिक



पाल्पा । ‘पाल्पाको चुकाउनी’बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । पाल्पाको चुकाउनीले जिल्लामा मात्र नभएर देशमै ख्याती कमाएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर बिहीबार मात्रै यो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

यो गीतको शब्द ‘डाँडै फुर्के सल्लो’, ‘सालको पात टपरी हुने’ जस्तो सुप्रसिद्ध गीत दिएका नवराज पन्तले लेखेका हुन् । दर्जनौं हिट गीत दिएका सुप्रिसिद्ध संगीतकार एवं गायक बसन्त थापाले यस गीतमा संगीत एवं स्वर दिएका छन् । कृष्ण बि.केको एरेन्ज रहेको गीतमा बसन्तसँग गायिका लक्ष्मी मल्लले पनि स्वर दिएकी छिन् ।

दीपकमान सिंहको कोरियोग्राफी एवं निर्देशनमा बनेको गीतको भिडियोमा गीतका संगीतकार एवं गायक बसन्त थापासँगै मोडल एवं निर्देशक सुनिल क्षेत्री र मोडलद्धय स्मारिका–समारिका ढकालको अभिनय छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गायक एवं संगीतकार बसन्त थापाको ‘बसन्त थापा’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।