प्रदर्शनमा आयो अनमोल र सुहाना स्टारर फिल्म ‘ए मेरो हजुर ४’



काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ दशैंभरका हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित फिल्म नयाँ वर्षको अवसर पारेर आज (बिहीबार)देखि प्रदर्शनमा आएको हो ।

सुनिलकुमार थापाको निर्माण, झरना थापाको निर्देशनमा तयार फिल्ममा अनमोल र सुहानाका साथमा अभिनेता सलोन बस्नेतको समेत शीर्ष भूमिका छ ।

फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर समेत गरिएको थियो । जहाँ नेपाली फिल्म क्षेत्रका दर्जनौं कलाकर्मीको उपस्थिति थियो । फिल्म हेरिसकेपछि अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् । अनमोल र सुहानाको अभिनयमा अझ निखारता फिल्मकर्मीले बताएका छन् । ब्राण्ड ब्यानरको निर्माण, दर्शकले रुचाएका कलाकारका कारण ‘ए मेरो हजुर ४’लाई निकै प्रतिक्षित रुपमा हेरिएको थियो ।

बिहीबारदेखि नै ‘ए मेरो हजुर ४’सँग दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ पनि प्रदर्शनमा आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.