ट्रेलरमा यस्तो देखियो कर्मा अभिनित फिल्म ‘षट्कोण’



काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको मिलन डि. काप्री निर्देशित चलचित्र मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको हो । चलचित्रमा कर्माले पत्रकारको भूमिका निर्वाह गरेको टे«लरबाट बुझ्न सकिन्छ ।

वैशाख २३ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्रमा कर्मा र भोलाराजका साथमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

शिशिर लिम्बुको कथा रहेको चलचित्रको निर्माता विराज कडरिया हुन् । आङ्छेन लामाको छायांकन रहेको चलचित्रलाई सागर खनाल र निर्देशक काप्रीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.