व्यवसायमा सलोन बस्नेत, झम्सीखेलमा खोले आसन लाउन्च एण्ड बार



काठमाडौं । अभिनेता सलोन बस्नेत बैकल्पिक व्यवसायतर्फ अघि बढेका छन् । चलचित्रमा पनि निकै व्यस्त रहेका उनले आसन लाउन्च एण्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारेर ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि अभिनेता सलोनले आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् ।

करिब १ करोडभन्दा बढी लगानीमा अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् । बारमा हरेक दिन लाइभ म्यूजिक हुनेछ भने सफिक हप ब्यान्डले गीत गाउने छन । ब्यान्डको ‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ । बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।

पछिल्लो समय थुप्रै कलाकारहरु अभिनयसँगै वैकल्पिक पेशा व्यवसायमा पनि संलग्न छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.