‘डी सिने अवार्ड’मा ‘छ माया छपक्कै’ र ‘मारुनी’को वर्चस्व



काठमाडौँ। शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा चलचित्र ‘मारुनी’को वर्चस्व देखिएको छ । २ बर्ष अगाडि रिलिज भएका चलचित्रहरुलाई समावेश गरेर आयोजना गरिएको अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘मारुनी’ले प्राप्त गर्यो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रबाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि अवार्ड जिते । अवार्ड ग्रहण गर्दै चलचित्रकी निर्मात्री पूनम गौतमले भनिन्–‘राम्रो चलचित्र बनाएको खण्डमा मुल्यांकन हुँदोरहेछ भन्ने महशुश भएको छ । आगामी दिनमा अझै उत्कृष्ट चलचित्रबनाउने वाचा गर्दछु ।’

अवार्ड समारोहमा ‘छ माया छपक्कै’ ले ८ विधा र ‘साङ्लो’ले ६ विधामा अवार्ड जितेका थिए । कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र अभिनेत्री शोभिता सिंखडा अवार्डको जुरी थिए ।

नायिकातर्फ केकी अधिकारीले ‘छ माया छपक्कै’बाट अवार्ड जित्दै गर्दा जुरी अवार्डतर्फ यही चलचित्रबाट निर्देशक दीपेन्द्र लामाले अवार्ड जिते । पपुलर फिल्मको अवार्ड पनि ‘छ माया छपक्कै’को पोल्टामा गयो ।

कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।

विभिन्न २७ विधामा प्रदान गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छः

१. उत्कृष्ट पाश्व संगीत ः एलिस कार्की ः साङ्लो

२. उत्कृष्ट ध्वनीमिश्रण ः अमित श्रेष्ठ ः जात्रै जात्रा

३. उत्कृष्ट गीतकार ः राजेन्द्र थापा – जुनको जुनेली ः छ माया छपक्कै

४. उत्कृष्ट पाश्र्व गायिका ः इतु जोजीजु – बिर्सन सकिन ः मखमलीमखमली

५. उत्कृष्ट पाश्र्व गायक ः कृष्ण काफ्ले – हाने मैले झटारो ः मारुनी

६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकार ः बसन्त थापा – जुनको जुनेली ः छ माया छपक्कै

७. उत्कृष्ट संगीतकार ः अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ ःलभ डायरीज

८. उत्कृष्ट नृत्य निर्देशक ः कविराज गहतराज – एम जी रोडैमा ः हजार जुनीसम्म

९. उत्कृष्ट द्वन्द्व निर्देशक ः श्री श्रेष्ठ ः साङलो

१०. उत्कृष्ट हाँस्यकलाकार ः केदार प्रसाद घिमिरे ः छ माया छपक्कै

११. उत्कृष्ट खलपात्र ः प्रकाश शाह ः साङ्लो

१२. उत्कृष्ट कथा ः गोविन्द फूयांल ः मारुनी

१३. उत्कृष्ट पटकथा ः आशुतोष राज श्रेष्ठ ः जाईरा

१४. उत्कृष्ट सम्वाद ः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा ः कबड्डी कबड्डी कबड्डी

१५. उत्कृष्ट नव–नायिका ः रुवीना थापा ः लभ डायरीज

१६. उत्कृष्ट नव–नायक ः अंकीत शर्माः रातो टीका निधारमा

१७. उत्कृष्ट नव–निर्देशक ः विराज भट्ट ः साङ्लो

१८. उत्कृष्ट चरित्र अभिनेत्री ः मिथिला शर्मा ः आमा

१९. उत्कृष्ट चरित्र अभिनेता ः माओत्से गुरुङ ः कबड्डी कबड्डी कबड्डी

२०. उत्कृष्ट सह–अभिनेत्री ः स्वस्तीमा खड्का ः हजार जुनीसम्म

२१. उत्कृष्ट सह–अभिनेता ः जीतु नेपाल ः छ माया छपक्कै

२२. उत्कृष्ट छायाँकार ः सञ्जय लामा ः मारुनी

२३. उत्कृष्ट सम्पादक ः बिपिन मल्ल ः छ माया छपक्कै

२४. उत्कृष्ट अभिनेत्री ः केकी अधिकारी ः छ माया छपक्कै

२५. उत्कृष्ट अभिनेता ः पुष्प खड्का ः मारुनी

२६. उत्कृष्ट निर्देशक ः नवल नेपाल ः मारुनी

२७. उत्कृष्ट फिल्म ः मारुनी ः पुनम इन्टरटेनमेन्ट प्रा.लि.

प्रोत्साहन अवार्ड ः क्षितिज सुवेदी ः वीर विक्रम २

साउण्ड एडिटर ः किशोर आचार्य ः सानो मन

भिएफएक्स आर्टिस्ट ः समिर मियाँ ः साङ्लो

वर्षको पपुलर गायिका ः मिलन नेवार ः चरीले काफल ः साङ्लो

निर्देशक ः दीपेन्द्र लामा ः छ माया छपक्कै

पपुलर फिल्म ः छ माया छपक्कै ः रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.