गायक यम बराल क्यासिनोबाट पक्राउ


yam baral
(सेलिब्रेटी नेपाल) ३१ जेठ-नेपालीलाई क्यासिनो जान प्रतिबन्ध गरिएको थाहा हुदाँ हुँदै पनि बेला बेलामा विभिन्न व्यक्ति हरु क्यासिनोबाट पक्राउ पर्ने गरेका छन्।  ‘निष्टुरीले छाडेर गई  हाली’,‘मन रहे पो माया प्रिति’, ‘बादलुको घुम्टोले इलाम बजार छोपिदा’, ‘पीडामात्रै कति दिन्छेऊ’,  लगायतका दर्जनौ  चर्चित गीतका गायक यम बराल मल्ल क्यासिनोबाट पक्राउ परेका छन्। आज बिहान तीन बजे पक्राउ परेका बराललाई केहि समय दरबारमार्गस्थित प्रहरी कार्यालयमा राखिएको थियो । अहिले उनलाई हनुमान ढोका लगिएको बुझिएको छ । बराल अमेरिका बसाई बाट भर्खरै मात्र नेपाल आएका हुन्।