काठमाडौँ। रेसलर हिमालय टाइगरले वसन्तपुरमा आयोजना गरेको रेस्लिङ प्रतियोगितामा अश्मिता जुरेलीले नेपालको पहिलो महिला रेसलर भगवती खड्कालाई पराजित गरेकी छन् ।
प्रतियोगितामा अस्मितासँग खेल्ने क्रममा भगवती उर्फ युनिकालाई रिङबाटै आउट गरेकी हुन् । जसकारण जुरेली बिजेता बनिन् । जुरेलीले शनिबार हुने इन्टरनेसनल रेस्लिङमा सहभागिता जनाउँदैछिन् । मोडल तथा अभिनेत्री जुरेलीले थुप्रै म्युजिक भिडियो टेली सिरियल तथा ठुलो पर्दाका चलचित्रमा समेत काम गरि सकेकी छन्।