कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज


काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो ।

मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा कौतूहलता सिर्जना गर्छ । चलचित्रमा कर्मा पत्रकारको भूमिकामा रहेको टिजरबाट बुझ्न सकिन्छ । चलचित्र वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई मिलन डि काप्रीले निर्देशन गरेका हुन् । चलचित्रमा कर्मा र भोलाराजका साथमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

शिशिर लिम्बुको कथा रहेको चलचित्रको निर्माता विराज कडरिया हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.